मंसिर १८, सोमबार : नोभेम्बर २४ देखि नोभेम्बर २९ सम्म थाइल्याण्डमा आयोजित थाइल्याण्ड अन्तरराष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै कागेश्वरी मनोहरा नगरपालिका, वडा नं ५, थलीमा अवस्थित मिनिल्याण्ड माद्यमिक विद्यालय सहभागी भयो। उक्त कार्यक्रममा नेपाल सहित भारत, इन्डोनेसिया, पोल्याण्ड, बुल्गेरिया, जापान, दक्षिण कोरिया, फिलिपिन्स, थाइल्याण्ड, किर्गिस्तान, हंगेरी, लाओस, आदि सहित १८ वटा देशको सहभागिता थियो। उक्त कार्यक्रममा नेपालले थाइल्याण्डको विभिन्न शहरहरूमा आफ्नो सांस्कृतिक नृत्य प्रस्तुत गरेको थियो।
बैंकक नजिकको शहर नोंथाबुरीको रेउनलाडामा आयोजित पहिलो शोमा मिनिल्याण्डले तामांङ्ग सेलो प्रस्तुत गरेको थियो। उक्त कार्यक्रम पश्चात विभिन्न देशका कलाकारहरूलाई बैंककको प्रख्यात कन्सर्ट थियटर Show DC मा आयोजित प्रख्यात थाई गायिका Dr Yui Shikhakura को एकल शोमा भब्य स्वागत गरिएको थियो। यसैगरी मिनिल्याण्डका विद्यार्थीहरूले थाइल्याण्डको सबै ठाउँमा मनाइने Lai Krathong पर्वमा भाग लिनुका साथै सुरिन प्रदेशमा अवस्थित Elephant Village को समेत अवलोकन गरेका थिए।
कॊरात प्रदेशको Luang Po Chok गुम्बामा भएको कार्यक्रममा राष्ट्रिय झन्डा र नेपाली राष्ट्रिय गीत सहित परेडमा भाग लिनुको साथै मिनिल्याण्डका विद्यार्थीहरुले लोक नृत्य प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा प्रदेश प्रमुख, नगरपालिका प्रमुख, भिक्षुहरू, प्रहरी, सेनाका विशिस्ट ब्यक्त्रिहरूको बाक्लो उपस्थिति थियो। उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष जयराम वाग्ले सरले विश्व शान्तिको लागि छोटो मन्तव्य पनि व्यक्त गर्नु भएको थियो। शिखोराफुम जिल्लामा अवस्थित Ngangkuang School मा आयोजित संस्कृतिक कार्यक्रममा पनि नेपालको तर्फबाट मिनिल्याण्डले दुइवटा नृत्य प्रस्तुत गरेको थियो ।
यो एक हफ्ते कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्ने मिनिल्याण्ड स्कुलका केटा र केटीहरुको दुवै नृत्यले Excellent Performance Award, ३ वटा Golden Elephant Award, Diamond of Asia Award पाउनुको साथसाथै मिनिल्याण्डका नृत्य शिक्षक रबिन रिजाल उत्कृस्ट नृत्य निर्देशकको रूपमा International Leadership Award द्वारा सम्मानित हुनु भएको थियो ।