नेपाल सुपर लिग २ अन्तर्गत शुक्रबार फुटबल क्लब चितवन र वीरगन्ज युनाइटेड फुटबल क्लब खेल्दैछन् । खेल दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।
चितवन लिगको पहिलो संस्करणदेखि नै जितको खोजीमा छ । पहिलो सिजनमा ६ खेल खेल्दा २ बराबरी र ४ हारको नतिजा निकालेको चितवनले यस सिजन २ खेलमा १ बराबरी र १ हारको सामना गरेको छ । टोलीले काठमाडौंविरुद्ध पछिल्लो खेलमा अग्रता लिएपनि अन्तिम समयमा गोल खाँदै अंक बाड्नुपरेको थियो ।
यता वीरगन्जले पनि लिगको पहिलो खेलमा चितवनकै नियति भोग्यो । धनगढीविरुद्ध ९० औं मिनेटमा गोल खाएपछि वीरगन्जले हार भोगेको थियो । २-१ को हारपछि टोली आज चितवनविरुद्ध अंक जोड्ने लक्ष्यमा हुनेछ ।
लिगको अंक तालिकामा धनगढी २ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । ललितपुर, पोखरा र काठमाडौंको ४-४ अंक छ । इलाम ३ अंकसहित पाँचौ र चितवन १ अंकका साथ छैटौं स्थानमा छ । वीरगन्ज, झापा र बुटवलले कुनै खेल खेलेका छैनन् ।