आज प्रचण्ड युएई भ्रमणमा जाँदै


काठमाडौं, १३ मंसिर । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल आज युएई प्रस्थान गर्नुहुने भएको छ ।

प्रधानमन्त्री दाहाल बुधवार राति साढे ९ बजे नेपाल एयरलाइन्समार्फत युएईका लागि प्रस्थान गर्नु हुनेछ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २८ औं सम्मेलन (कोप २८) यही मंसिर १४ देखि २६ गतेसम्म युएईको दुबईमा हुँदैछ ।


प्रकाशित मिति : २०८० मंसिर १३, बुधबार गते

धेरै पढिएको

ताजा समाचार