दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच गौशालामा झडप


काठमाडौंको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ।

प्रदर्शनकारीहरूले गौशालास्थित सडकमा प्रदर्शन र ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग छ।

सोमबार दिउँसो गौशाला चोकमा प्रदर्शनको क्रममा प्रहरी र प्रसाईंपक्षबीच धकेलाधकेल भएको हो। प्रदर्शनमा प्रसाईं पनि पुगेका थिए।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेको छ। केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।


प्रकाशित मिति : २०८० मंसिर ११, सोमबार गते

धेरै पढिएको

ताजा समाचार