नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी


बाँके, जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा कर्फ्यु जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विपीन आचार्यका अनुसार मंगलबार दिउँसो १ बजेदेखि लागू हुनेगरी कर्फ्यु जारी गरिएको हो ।

केही दिनदेखि नेपालगञ्जमा धार्मिक तनाव देखिएको थियो । हिन्दू र मुस्लिम समुदायबीच देखिएको तनाव कम गर्न प्रशासनले सर्वपक्षीय बैठक गरेको थियो ।

मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको छ ।


प्रकाशित मिति : २०८० आश्विन १६, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार