बझाङ, मंगलबार दिउँसो गएको भूकम्पले बझाङका विभिन्न ठाउँमा क्षति गरेको छ। सुदूरपश्चिम क्षेत्रमा आज गएको ठूलो भूकम्पमा क्षति भएको हो।
बझाङको चैनपुर आसपास केन्द्र बनाएर ६.३ म्याग्निच्युटको भूकम्प गएको हो। क्षतिको विवरण आउन बाँकी छ।
भूकम्पको धक्का पश्चिम नेपालका अधिकांश जिल्लामा महसुस गरिएको थियो। भूकम्पबाट भएको क्षतिको सबै विवरण भने आउँन बाँकी छ।