धुलिखेल, धुलिखेलमा रहेको स्काइ गार्डन रिसोर्ट एक बिशेष ठाउँ छ । समुद्र सतहदेखि १ हजार ५दसय ५० मिटरको उचाइमा रहेको यस रिसोर्टले प्राकृतिक सौन्दर्य, शान्ति, र आत्मा शान्तिको अनुभव गराउँछ।
रिसोर्टमा पुग्न काठमाडौं मेडिकल कलेजको प्रवेशद्वारबाट ३ किलोमिटरमा बीपी राजमार्ग प्रयोग गर्नु पर्ने हुन्छ । २२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टबाट धुलिखेलकै अन्य स्थानबाट भन्दा ५० प्रतिशत बढी हिमालको अवलोकन गर्न सकिन्छ ।
जंगल र बजारको मिश्रित दृश्यावलोकन गर्न रिसोर्ट एक मात्र बिकल्प हो । पद मार्ग, कालीका देवी मन्दिर, बतासेडाँडा, नमोबुद्द, १ हजार सिंढी देवी मन्दिर र धुलिखेल पिकनिक स्पट रिसोर्टबाट पैदलै पुग्न सकिन्छ ।
रिसोटले हर्ष राइडिड, इन्डोर स्वीमिडं पुल र रुफटफ सञ्चालन गर्दै आएको छ । स्टीम र स्पा समेत उपलब्ध रिसोर्टमा बिभिन्न कार्यक्रम गर्न ३ वटा हल रहेका छन् ।
५० देखि ५ सय जना अटन सक्ने क्षमता भएका हलका अलावा बैंकेट पनि उपलब्ध रहेको छ । गीत संगत पारखिका लागि लाइभ म्यूजिक र योग साधनाका लागि योगा मेरिटेशन पनि गराउँदै आएको छ ।
यो रिसोर्टले आगन्तुकलाई मनोरम हिमाललाई नजिकबाट नियालेर बस्ने उत्कृष्ट अवसर प्रदान गर्दछ ।
रिसोर्टको माथिल्लो भागमा सुसाउने सल्लो र तल देखिने फाँटिला बेंसीले त्यहाँ पुग्ने जो कोहीलाई लोभ्याउने गर्छ । यति मात्र होइन रिसोर्ट परिसरमा गुञ्जिेने चराचुरुगींकोआवाजले त झन आनन्दित बनाउँछ ।
भिडभाड र कोलाहलबाट मुक्ति पाउन र प्रकृतिले दिएको अनुपम उपहार हेर्न रिसोर्ट अहिले जो कोहीको रोजाइ बनेको छ ।
सर्वोत्तम भोजन, व्यवसायिक सेवाहरू र रिसोर्टको पारिवारिक बाताबरणले आफ्ना पाहुनालाई अद्वितीय अनुभव प्रदान गर्दछ।
रिसोर्ट परिसरबाट प्राकृतिक सौन्दर्यका साथमा, धुलिखेलको प्राचीन धर्मिक र ऐतिहासिक स्थलहरूको पनि अवलोकन गर्न सकिन्छ।
स्काइ गार्डन रिसोर्ट एक स्वप्नका लागि पर्याप्त स्थल हो । जहाँ पुगेपछि तनाव र व्यस्तताबाट मुक्ति पाउन सकिन्छ ।
यहाँको सुन्दर वातावरणमा रात बिताउन र धेरै प्रकारका प्राकृतिक खेलाडीहरूका लागि सजिलो र उपयुक्त गन्तब्य बन्न पुगेको । सञ्चालनको ३ महिनाको अवधिमा नै आन्तरिक र विदेशी पाहुनाको राजाइमा परेको छ ।
स्काइ गार्डन रिसोर्ट धुलिखेलले शान्ति र प्राकृतिक सौन्दर्यका साथमा आध्यात्मिकताको अनुभव पनि गराउँछ ।
स्काइ गार्डन रिसोर्ट, धुलिखेल नेपालको एक अत्यन्त अद्वितीय र रोमान्टिक स्थल हो । जसमा पाहुनालाई अनगिन्ति प्राकृतिक उपहार सेताम्म् हिमाललाई नजिकबाट नियाल्न सकिन्छ ।
प्राकृतिक सौन्दर्य स्काइ गार्डन रिसोर्ट धुलिखेलको अत्यन्त प्राकृतिक सौन्दर्यमा परेको छ । यसका उद्यान र वातावरणले आगन्तुकलाई मनमोहक दृश्यमा डुबाउँछ।
रिसोर्टमा आउँदा, तपाईंलाई शान्ति र आनन्दका साथै फरक अनुभूति गराउँछ । जुन अन्यत्र नहुन सक्छ ।
रिसोर्ट एक रोमान्टिक र श्रृंगारिक स्थल पनि हो । जसमा तपाईं आफ्नो साथीसँग या प्रेमी-प्रेमिकासँग रोमान्टिक छुट्टिमा आनन्दित हुन सक्नु हुन्छ।
आध्यात्मिकता र धार्मिकता धुलिखेल एक प्राचीन धार्मिक स्थल हो, र स्काइ गार्डन रिसोर्टले धार्मिकताको अनुभव गराउँछ।
रिसोर्टमा विभिन्न प्रकारका आरामदायक कोठाहरू रहेका छन् । ६० वटा रुम रहेको रिसोटमा स्वीट रुम, सुपेरियर स्वीट रुम, स्टेण्र्डड डवल रुम, डिलक्स रुम, किगं रुम वीथ बालकोनी र फेमिली रुम रहेका छन् ।
नेपाली दाल भात नेपालको पारंपरिक खानाको प्रतीक हो । जसमा दाल, भात, तरकारी, अचार, गुन्द्रू खानाको स्वाद सहितको विशाल खाना मेनू रिसोर्टले प्रदान गर्दै आएको छ ।
यसका अलावा म म, टोइलादेखि ढिंडोसमेत रिसोर्टको खाना मेनुमा अटाएका छन । भोजन मेनूमा, भारतीय, चिनियाँ, तथा आन्तराष्ट्रिय भोजनहरू पनि छन्।
रिसोर्टको भोजनले तपाईंको भोजन अनुभव गराउँछ र तपाईँलाई वास्तविक नेपाली स्वाद चखाउने गरेको छ ।
रिसोर्टले स्थानीय स्तरमा उत्पादन भएका खानेकुरालाई प्रर्वधन गर्दै आएको छ । नेपाली रैगाने खानाका पारखीका लागि उपयूक्त स्थल बनेको छ, स्काइ गार्डेन ।
रिसोर्ट ३० बर्ष भन्दा बढी समय हस्पिटालिटी ब्यावसायमा अनुभवी सञ्चालकले सञ्चालन गरेका हुन् ।