जिल्ला प्रशासन कार्यालय काठमाडौंले लगायो पाशुपत मन्दिर क्षेत्र वरपर मासु र मदिरा बिक्री बितरणमा प्रतिबन्ध


काठमाडौ, जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ ।

हिन्दू नारीहरूको महान चाड तीजको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन जारी गरेको हो ।

आजबाट लागू हुने गरी गौशाला मित्रपार्क सडकदेखि पूर्व पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीसम्म यस्तो कार्य निषेध गरिएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

पशुपतिनाथ क्षेत्रभित्र सुरक्षा कायम गर्दै धार्मिक, सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्ने उद्देश्यले यी वस्तु निषेध गर्नु परेको प्रशासनले जनाएको छ ।


प्रकाशित मिति : २०८० भाद्र ३१, आईतवार गते

धेरै पढिएको

ताजा समाचार