प्रणय रत्न स्थापित
निर्देशक
सामसङ नेपाल
ग्राहक सेवालाई उत्कृष्ट बनाउने दिशामै अग्रसर भएर सामसङ् इन्स्टा फाईनान्स् स्किम सञ्चालनमा ल्याएका हौँ ।
लामो शोध तथा अनुसन्धान पश्चात् बजारमा ल्याइएको फोल्डेबल सेरिजकै साथमा सामसङ्ले विश्व मोबाइल बजारमा आफ्नोप्रभुत्व थप बलियो बनाउन सक्छ भन्ने विश्वास गरिएकाले यसमा निरन्तर इन्नोभेसनहरु हुँदै आएका छन् ।
फोल्डेबल डिभाईस तर्फ उपभोक्ताको आकर्षण प्रशस्तै रहेको पाइन्छ । कारण यही हो अन्य प्रतिस्पर्धीहरू पनि फोल्डेबल स्मार्टफोन उत्पादनमा कम्मर कसेरै लागि परिरहेका छन् ।
विश्व बजारमा निक्कै उत्साहजनक व्यापार गर्न सफल सामसङ् फोल्ड सेरिजले नेपाली बजारमा कस्तो रेस्पोन्स पायो ?
सामसङ् फोल्ड सेरिजको पाँचौँ जेनेरेसन विश्व बजार सँगै नेपाली बजारमा आईसकेको छ । हामीले नेपालमा गरिएको लन्चको अवसर पारेर विशेष अफर सहित सामसङ् ग्यालेक्सी जेड फोल्ड फाईभ र फिल्प फाईभको प्रि–बुकिङ्ग अफर संचालनमा ल्याएका थियौं । नेपाली उपभोक्ताले यसमा उत्साहजनक सहभागिता जनाउनु भयो । हामीले अपेक्षा गरेभन्दा बढी संख्यामा प्रि–बुकिङ्ग अर्डर प्राप्त गर्न सफल भयौँ । फोल्डको अघिल्लो सेरिज फोल्ड फोर नेपाली बजारमा निक्कै ढिला गरेर आयात गरिएको थियो । सरकारले महङ्गा मूल्यका मोबाइल फोनको आयातमा लगाएको प्रतिबन्धका कारण हामीले विश्व बजारमा लन्च गरिएको समय भन्दा निक्कै ढिला गरि आयात गरेकाले अपेक्षाकृत रेस्पोन्स पाउन सकेका थिएनौँ । फोल्ड थ्रि बाट अपग्रेड हुनचाहने धेरै ग्राहकले फोल्ड फोर स्किप गरेर फाईभ कुरेको हामीलाई अहिले आभास भईरहेको छ ।
फोल्डेबल मोबाइल फोनमा उपभोक्ता कतिको आश्वस्त हुन सकेको पाइन्छ ?
फोल्डेबल स्मार्टफोनको पाँचौँ पुस्तका बारेमा हामी अहिले चर्चा गरिरहेका छौँ । विश्वको सर्वाधिक इन्नोभेटिभ टेक कम्पनीको रूपमा रहँदै आएको सामसङ्ले विकास गरेको फोल्डेबल स्क्रिनको यो उत्कृष्ट प्रयोग भएकोमा सायदै कसैको फरक मत रहला । लामो शोध तथा अनुसन्धान पश्चात् बजारमा ल्याइएको फोल्डेबल सेरिजकै साथमा सामसङ्ले विश्व मोबाइल बजारमा आफ्नोप्रभुत्व थप बलियो बनाउन सक्छ भन्ने विश्वास गरिएकाले यसमा निरन्तर इन्नोभेसनहरु हुँदै आएका छन् । कुनै पनि ग्याजेटको डिस्प्ले फोल्ड गर्न सकिन्छ भन्ने सोच्दै नसोचिएको अनि पत्यार नै नभएको प्रविधिलाई आम उपभोक्ताले आत्मसाथ गर्नु पक्का पनि सजिलो थिएन । स्क्रिन कसरी फोल्ड होला, अनि बारम्बार पट्याउँदा त्यो टिक्ला कि नटिक्ला भन्ने कौतूहलता उपभोक्तामा सुरुवातमा थिए । तर, सामसङ्ले यसको निरन्तर सम्बोधन गर्यो । विभिन्न इन्नोभेटिभ प्रविधिको प्रयोग गर्दै पातलो ग्लास डिस्प्लेको टिकाउलाई प्रमाणित गर्यो । जसको निरन्तरता अझै देखिँदै छ । फोल्ड फाईभमा झनै मुख्य डिस्प्ले लेयरको ठिक तल सक डिस्पर्सन लेयर थपेको छ । यसले फोल्ड फाईभको स्क्रिनलाई थप पच्चिस प्रतिशत टिकाउ बनाउन सफल भएको छ । शुरुवाती चरण देखिनै आर्मर्ड एल्मुनियमको प्रयोग गरिएको यसको बडिको बिल्ड क्वालिटिमा निरन्तर निखार आईरहेको छ भने तेस्रो पुस्ता देखि आईपिएक्स एट वाटर रेरिस्टेन्ट रेटिङ्ग यसमा रहेको छ । भने यसमा प्रयोग गरिएका गोरिल्ला ग्लास भिक्टस टुले यो स्मार्टफोन अझ बलियो बनाउन सफल भएको छ ।
प्रोडक्ट अत्यन्तै इन्नोभेटिभ भएकोमा उपभोक्ताको दुईमत रहँदैन, तर यसको टिकाउनमा उपभोक्ता अलिकता ससंकित भएको चाहिँ हामीले महसुस गरेकै थियौ । तर समय सँगै यथार्थमा यो एउटा स्टेबल र ड्युरेबल डिभाईस भएको प्रमाणित भईसकेको छ । फोल्डेबल डिभाईस तर्फ उपभोक्ताको आकर्षण प्रशस्तै रहेको पाइन्छ । कारण यही हो अन्य प्रतिस्पर्धीहरू पनि फोल्डेबल स्मार्टफोन उत्पादनमा कम्मर कसेरै लागि परिरहेका छन् ।
स्मार्टफोनको नेपाली बजार पछिल्लो समयमा कस्तो रहेको देखिन्छ ?
सङ्ख्याका आधारमा नेपाली स्मार्टफोन बजार निरन्तर बृद्धि भईरहेकै थियो । तर, देशको आर्थिक परिस्थिती जटिल बनेपछी गएको वर्ष भने हामीले पहिलो पटक डि ग्रोथ देखेका हौँ । तर, यो वर्ष परिस्थिमा सुधार आउने हाम्रो अपेक्षा रहेको छ । गएको बर्समा डिग्रोथ देखिनुको मुख्य कारण समग्र देशको आर्थिक परिस्थिती ठानिएपनि ग्रे मार्केटको प्रभाव पनि कम छैन । हाईभ्यालु स्मार्टफोनको आयातमा राज्यले प्रतिबन्ध लगाएपछी ग्रे मार्केट ह्वात्तै बढेको विभिन्न तथ्याङ्कहरुले देखाउँछ ।
एमडिएमएस लागु भईसकेको अवस्थामा कस्तो परिवर्तनको अपेक्षा गर्नुभएको छ ?
खुल्ला सिमा भएका कारण हुने अनाधिकृत आयात र अबान्च्छित गतिविधी नियन्त्रणमा समेत सघाउ पुर्याउने विश्वास गरिएको एमडिएमएस पूर्णरूपमा लागु भईसकेपछी हामीले ग्रे मार्के नियन्त्रणमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेका छौँ । जसका सकारात्मक संकेतहरू एमडिएमएस लागु गरिएका प्रारम्भिक दिनहरूमा देख्न थालिसकिएको छ । तर अघिल्लो पटक एमडिएमएस कार्यान्वयन गर्दा नै धेरै अलमल आम जनतामा धेरै किसिमका भ्रमहरू र नकारात्मक्ताहरू रहेबाट यसको कार्यान्वयनमा जटिलता उत्पन्न भएको थियो । जसलाई साझेदारहरूको सक्रिय सहभागिता र सुझावका आधारमा परिमार्जन सहित हाल लागु गरिएको हो । यसका प्रतिफलहरू आँकलन गर्न अलिकता समय त लाग्छ नै, तर यसले ग्रे मार्केट नियन्त्रण गर्दै राज्यले गुमाईरहेको ठूलो परिमाणको राजस्व आम्दानीमा भने अवश्य सघाउनेछ ।
ग्रे मार्केट सलबलाउनुमा हाम्रो बजार मूल्य महङ्गो हुन मुख्य कारण होइन र ?
सामसङ्ले भने भारतीय बजारलाई मूल्यको बेन्चमार्क बनाएर मार्केटिङ्गको खर्च नियन्त्रण लगायतका विभिन्न वित्तीय टुल्सहरुको प्रयोग गरेरै भएपनि मूल्यलाई सिमा भित्र राख्ने प्रयत्न गर्दै आएको छ । कतिपय मोडलहरू त भारतीय बजारमा भन्दा सस्तो मूल्यमा नेपाली बजारमा उपलब्ध गराएका पनि छौँ ।
अन्य ब्राण्डहरूका हकमा हेर्दा हाम्रो बजारमा मोबाइल फोन अरू बजारहरूको तुलनामा महङ्गो भएकाले ग्रे मार्केटमा आयात तथा विक्री वितरण प्रेरित भएको देखिन्छ । तर, नेपाल सरकारले लगाएका विभिन्न करहरूले हाम्रो उपभोक्ता लागत बढेको कुरा यहाँ बुझ्न आवश्यक छ । दोस्रो पक्ष हाम्रो बजारको आकार सानो भएकाले हामीले कम्पिटिटिभ एड्भान्टेज पनि खासै पाउँदैनौँ । अर्कातर्फ ट्याक्स फ्रि भएका दुबई र आँफैले उत्पादन गर्ने छिमेकी चिन र भारतीय बजार सँग मूल्यको तुलना गरिन्छ । अनि त्यसमाथि विभिन्न किसिमका नीति थोपरेर बजार नियन्त्रण गर्ने प्रयत्न राज्यले गरेपछी ग्रे मार्केट हावि हुनुपक्कै पनि अस्वाभाविक होइन ।
नेपाली बजारमा ग्राहक सेवालाई उत्कृष्ट बनाउने दिशामा सामसङ्ले कसरी आफूलाई अगाडि बढाइरहेको छ ?
सामसङ् ग्राहक सेवामा पूर्णतया प्रतिबद्ध तथा समरप्रित ब्रान्ड हो । कुनै पनि डिभाईसको खरिद गर्नु अगाडि त्यसका बारेमा यथेष्ट अनुभव हासिल गर्न सकुन् भनेर सामसङ्ले देशै भरि विभिन्न स्थानहरूमा एस्सिपिरियन्स जोनहरू निर्माण गरेको छ । आवश्यकता अनुरूप सामसङ्को ब्राण्ड स्टोर र फ्ल्यागसिप स्टोर समेतमा सामसङ्ले ठूलो लगानी गर्दै आएको छ ।
हामीले ग्राहक सेवालाई उत्कृष्ट बनाउने दिशामै अग्रसर भएर सामसङ् इन्स्टा फाईनान्स् स्किम सञ्चालनमा ल्याएका हौँ । तत्काल पुरा मूल्य तिन नसक्ने ग्राहकहरूमा लक्षित यो योजनामा ग्राहकले कुनैपनि स्मार्टफोनको ४० प्रतिशत मूल्य डाउनपेमेन्ट गरेर वाँकी शून्य ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीमा खरिद गर्नसक्नेछन् । यो ग्राहक सेवामा समर्पित आर्थिक औजार हो भन्दा फरक नपर्ला ।
यता विक्री पश्चातको सेवामा छिटो छरितो र गुणस्तरीय सेवा प्रदानका लागि सामसङ्ले कुनै पनि सम्झौता गरेको छैन । दक्ष प्राविधिक जनशक्ति निर्माणका लागि आवश्यक तालिमको व्यवस्था, उत्कृष्ट मर्मत संभार स्थलको निर्माण र उपभोक्ता गुनासोका तत्काल सम्बोधन सामसङ्का आधारभूत कार्यहरू हुन् । उपभोक्ताको सन्तुष्टि उच्चतम कायम गर्नैका लागि स्पेयर्स पार्टस् को निरन्तर उपलब्धता र मूल्य निर्धारणमा समेत सामसङ्ले निक्कै सजगता अपनाउँदै आएको छ । कारण पनि यिनै हुन् जसले संसार भर नै सामसङ् प्रति उपभोक्ताको विश्वास निक्कै प्रगाढ र उपभोक्ता सन्तुष्टि उच्च विन्दुमा रहेको छ ।