काठमाडौं, कारोबारको तेस्रो दिन नेप्से परिसूचक सुस्त देखिएको छ । यस दिन नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको हो ।
आज नेप्से परिसूचक ५.०५ अंक घटेर १९९३.४२ विन्दूमा झरेको छ । त्यसै गरी, कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२६ अंक घटेको छ ।
कारोबार अघिल्लो दिन ९८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज भने २७८ स्टकको २९ हजार ६४० पटकको कारोबारमा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४० लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।