काठमाडौ, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको छ ।
लामो समयदेखि आदेश गरेर सर्दै आएको मुद्दामा फेरि आज पेसी तोकिएको हो । आइतबार भने काठमाडौं जिल्ला अदालतले फैसला केन्द्रित सुनुवाइ गर्ने आकलन गरिएको छ ।
सन्दीपको मुद्दामा गत बिहीबार गत ३२ साउनमा न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरी ९गौशाला २६० की आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएको थियो ।
पीडित किशोरीकी आमाको जन्ममिति एउटा कागजातमा २०३५ र अर्को कागजातमा २०३३ रहेको पाइएपछि अदालतले जन्म मिति प्रमाणीकरण गर्न भनेको हो ।
न्यायाधीश खतिवडाको ३२ साउनको इजलासले मुद्दाको नियमित सुनुवाइ गर्ने निर्णयसमेत गरेको थियो ।
लामिछानेविरुद्ध गत १४ कात्तिकमा जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो ।
१८ वर्षभन्दा कम उमेरकी किशोरीमाथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको माग दाबी गरिएको छ ।