काठमाडौं, बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्तेगरी व्यक्तिको नाममा गरेको भन्दै चार पूर्व मन्त्रीसहित २ सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।
आइतबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको किर्तेसम्बन्धी मुद्दामा २ सय ९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो ।
त्यस्तै, ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ ।
उनीहरूमाथि किर्तेको अभियोग भने छैन । तर, किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।