एजेन्सी, रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई नै चुनौती दिएको निजी सेना वाग्नरका संस्थापक येवगेनी प्रिगोजिनको विमान दूर्घटनामा परेर मृत्यु भएको आशंका गरिएको छ ।
बुधबार रुसमा दूर्घटनामा परेको विमानमा सवार यात्रुको लिस्टमा वागनरका संस्थापक प्रिगोजिनको पनि नाम रहेको बताइएको छ । यो दूर्घटनामा १० जनाको मृत्यु भएको छ ।
त्यसअघि वागनरसँग सम्बन्धित एक च्यानल ग्रे जोनले आफ्नो एक विमानलाई उत्तरी मस्कोमा हवाइ सुरक्षा बलले खसालेको जनाएको थियो ।
प्रिगोजिनले गत जुनमा रुसी सेनाविरुद्ध असफल सैन्य विद्रोहको नेतृत्व गरेका थिए । त्यसपछि राष्ट्रपति पुटिनसँग उनको सम्बन्ध बिग्रिएको थियो ।
विमान दूर्घटना भनिए पनि योजनावद्ध रुपमा प्रिगोजिनको हत्या गर्न रुसी सेनाले खसालेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रिगोजिन सवार निजी विमान रुसी शहर तेवेर नजिकै दूर्घटना भएको रुसी न्यूज एजेन्सी इन्टरफ्याक्सले जनाएको छ ।
रुसी संकटकालीन मन्त्रालयले विमानमा सवार ७ यात्री र ३ चालक दलका सदस्यको मृत्यु भएको जनाएको छ । यद्यपी मन्त्रालयले प्रिगोजिन विमानमा भए नभएको बारे भने केही भनेको छैन ।
विमान दूर्घटनाका पछिल्ला तस्वीरमा आकासमै आगो लागेर भूइमा बजारिएको देखिएको छ ।