त्रिशूली बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या आठ पुग्यो, १६ जनाको उद्दार, ८ जना घाइते


धादिङ, धादिङको छहरानजिकै त्रिशुली नदीमा बस खस्दा मृत्यु भएका ८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेका १६ जनाको उद्दार गरिएको छ । ८ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट बाग्लुङ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।

बस नदीमा डुबेकाले यात्रु डुबेको या खोलाले बगाएको आशंकामा गोताखोरको टोलीले थप यात्रुको खोजी गरिरहेको छ ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटेका छन् ।

साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान गरिएको छ । तर दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 


प्रकाशित मिति : २०८० भाद्र ६, बुधबार गते

धेरै पढिएको

ताजा समाचार