इनरुवा, कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको छ । पानीको बहाव निकै बढेपछि गएराति देखि ५६ वटै ढोका खोलिएको प्रशासनले जनाएको छ ।
पूर्वी पहाडी जिल्लाहरूमा केही दिनयता निरन्तर पानी परेपछि सप्तकोशी नदीमा पानीको बहाव २५ वर्ष यताकै उच्च पुगेको छ ।
सप्तकोशी नदीमा बिहान ४ बजे ४ लाख ६२ हजार क्यसेक पानी प्रति सेकेण्ड बगेको छ । अहिले भने पानीको मात्र घट्दै गइरहेको छ ।