काठमाडौं, हङकङबाट भित्रिएको करिब सय किलो तस्करीको सुन प्रकरण चर्चामा छ। विमानस्थलबाट बाहिरिएर सिनामंगलमा राजस्व अनुसन्धान विभागले समातेको सुन बारे सीआइबीले अनुसन्धान गरिरहेको छ।
‘तस्करहरूलाई विमानस्थल भन्सारमा सहुलियत भएको’ आरोप लाग्दै गर्दा सर्वसाधारणलाई भने कडिकडाउ जारी छ।
यत्तिसम्मकी विदेशमा काम गरेर फर्किएका मजदुरहरूले घाँटी र कानमा लगाएर आएका सुन फुकालेर भन्सार तिराइँदै आइएको छ।
वैदेशिक रोजगारीमा ६ महिनाभन्दा बढी काम गरेर फर्कने नेपालीले २५ ग्रामसम्मको सुन ल्याउँदा भन्सार कर निःशुल्क हुने भनेर सूचना जारी गरिएको छ।
तर, बिहीबार कÞतारमा लगातार २ वर्ष काम गरेर काम गरेर नेपाल फर्कँदै गरेका एक नेपालीको २५ ग्राम सुनको सिक्री झन्डै (२ तोला) को ३१ हजार भन्सार कर तिराइएको छ।
उनले सामाजिक सञ्जालमा भन्सार बिल सार्वजनिक गर्दै असन्तोष जनाएका छन्।