कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौ, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरू साथै बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित भारीदेखि धेरै भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेका ठाउँहरूमा नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन पनि महाशाखाले अनुरोध गरेको छ ।


प्रकाशित मिति : २०८० श्रावण २७, शनिबार गते

धेरै पढिएको

ताजा समाचार