काठमाडौँ चाबहिल सिटी लायन्स क्लबको आयोजनामा हाइकिगं


काठमाडौँ , साउन २० गते बिहान काठमाडौँ इन्भायरोमेन्टल एजुकेशन प्रोजेक्टसमेतको सहभागितामा सुन्दरीजलबाट सुरु भएको हाइकिंग शिवपुरीको तारेभिरमा पुगेर समापन भएको थियो ।

हाइकिंगमा सहभागीले बाटोमा रहेका नकुहिने फोहोर प्लास्टिक लगायत फोहोरको ब्यबस्थापन गरेका थिए ।

शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्ज भित्रको मनोरम दृश्यावलोकन गर्दै बाताबरण संरक्षणप्रति सचेतनाका लागि छलफल भएको थियो । सहभागी काठमाडौँ चाबहिल सिटी लायन्स क्लबका अध्यक्ष लायन जिम्बा जाङ्बु शेर्पाले लायन्सहरुले गर्दै आयका योगदान र आगामी दिनमा खेल्नु पर्ने भूमिकाका बारेमा ले चर्चा गरेका थिए ।

जलबायु परिबर्तनको असरले विस्वब्यापी रुपमा तापक्रम बढिरहेको र मानब जीबनमा नकारात्मक असर परिरहेको प्रति ध्यान दिदै बाताबरण संरक्षणमा सबै व्यक्तिले आफ्नो तर्फबाट सक्दो योगदान पुर्याउनु पर्नेमा जोड दिइएको थियो ।

हाइकिंगका संयोजक लायन सुरेन्द्र अधिकारीले वातावरणीय सचेतना मुलक हाइकिंग कार्यक्रमलाई अझै ब्यबस्थित र सहभागिता मुलक ढंगबाट निरन्तरता दिइने बताएका थिए ।

उक्त हाइकिंग कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ चाबहिल सिटीका लायन्स सदस्यहरु लगायत अन्य सदस्य र अन्य २४ जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति : २०८० श्रावण २४, बुधबार गते

धेरै पढिएको

ताजा समाचार