काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
मङ्गलबार बिहान प्रधानमन्त्री दाहालले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठुलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्नुहुँदै उक्त निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएका छन् ।