भारी वर्षाका कारण काठमाडौं उपत्यकाको बागमती, विस्णुती र धोवीखोलामा बाढी


काठमाडौ, भारी वर्षाका कारण काठमाडौं उपत्यकाका नदीहरूमा पानीको बहाव बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरालगायत खोलामा जलसतह बढेको हो ।

महाशाखाले बाढीको सतह बढ्दोक्रममा रहेकाले मंगलबार बिहान ११ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको पनि छ । काठमाडौं उपत्यकामा बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपासमा भारी वर्षा भएको छ ।

यस्तै, काभे्रपलाञ्चोकको बनेपाको धनेश्वर क्षेत्र डुबानमा परेको छ । काभ्रेको व्यस्त सडकको रूपमा रहेको बनेपापनौती सडक खण्डअन्तर्गत धनेश्वर क्षेत्र डुवानमा परेको हो । पानीको सतह बढ्दा खोला पुलमाथिबाट सडकमा आएको छ ।


प्रकाशित मिति : २०८० श्रावण २३, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार