एजेन्सी, पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान लाहोरस्थित उनको निवासबाट पक्राउ परेका छन् ।
उनलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको थियो ।
तेहरिक–ए–इन्साफका अध्यक्षसमेत रहेका खानलाई अदालतको फैसलालगत्तै पक्राउ गरिएको बिबिसीले जनाएको छ ।
इस्लामावादको जिल्ला तथा सेसन अदालतले खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ ।
इमरानको पार्टी तेहरिक–ए–इन्साफले यसलाई पूर्वाग्रहपूर्ण भएको भन्दै निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएको छ ।