चरिकोट , दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका ८ मा गएको पहिरोको कारण एक जनाको शव फेला परेको छ भने ३ जना बेपत्ता भएका छन् ।
गए राति ९ बजेको अविरल वर्षासँगै आएको पहिरोले गाउँपालिका ८ बाट आएको पहिरोले ७ नम्बर वडाको बस्तीमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डिएसपी दीपक खड्काले बताए ।
पहिरोले गाउँपालिका ७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर मगर , उनकी श्रीमती र यज्ञबहादुर थामीको १५ महिनाको नाति बेपत्ता भएको उनले बताए ।
थामीका १५ महिनाको नातिको शव फेला परेको प्रहरी प्रमुख खड्काले बताए । पहिरोमा परि ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
बेपत्ताको खोजी भइरहेको घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।