संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश सिफारिसको सम्भावना


काठमाडौ, संवैधानिक परिषद्को बैठक आज बस्दै छ । प्रधानन्यायाधीश, रिक्त रहेका संवैधानिक अंगमा सिफारिसलगायत विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक साँझ ५ बजे बस्न लागेको हो ।

उपसभामुख इन्दिरा रानामगरका अनुसार बैठकमा अघिल्लो बैठकमा बाँकी रहेका एजेन्डा पनि रहेका छन् । आज रिक्त रहेका संवैधानिक अंगमा सिफारिसबारे पनि छलफल हुने उनले जानकारी दिए ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही २० साउनमा सकिँदै छ । तर, संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्न सकेको छैन । आजको बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ ।

उनी वरिष्ठतम् न्यायाधीशको रोलक्रममा अगाडि छन् । यस्तै, महालेखा परीक्षकको पद पनि रिक्त छ । टंकमणि शर्माले ६ बर्से कार्यकाल पूरा गरी ७ जेठदेखि अवकाश लिएपछि सो पद रिक्त रहेको हो ।

संविधानअनुसार महालेखा परीक्षकको पदावधि सकिन एक महिना बाँकी रहँदै सिफारिस भइसक्नुपर्ने हुन्छ ।


प्रकाशित मिति : २०८० श्रावण १८, बिहीबार गते

धेरै पढिएको

ताजा समाचार