काठमाडौ, नेपाली खानपानलाई बजारीकरण गर्नको लागि नेपाली खानाको प्रतियोगिता ‘चौरासी व्यञ्जन अवार्ड तथा सम्मान’ सिजन–२ र ‘चौरासी व्यञ्जन प्रतियोगिता’ सिजन–२ र खाने कथा हुने भएको छ ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चौरासी व्यञ्जन समूहमा अध्यक्ष सेफ प्रेमलाल घिसिङका अनुसार १४ विधामा अवार्ड प्रदान गरिने जानकारी दिए ।
चौरासी व्यञ्जन समूहले लामो समयदेखि नेपाली खानपानको बजारीकरण र विश्वभर सत्कार पेसामा अबद्ध सत्कार पेसाकर्मीहरूको प्रोत्साहनको लागि हामीले यो कार्यक्रम गर्दै आएको छ ।
अध्यक्ष घिसिङले देशैभर १०१ दिन घुमेर नेपाली रैथाने, लोक तथा मौलिक खानपानको अध्ययन, अनुसन्धान र सङ्कलन गरेर ल्याएको नेपाली परिकारहरूलाई बजारमा स्थापित गर्नको लागि यो लगायत विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए ।
प्रतियोगितामा भाग लिनका लागि सोमबारबाटै खुल्लाका भएको फारम भर्ने अन्तिम मिति भदौ १० गते भित्रमा तोकिएको छ ।
कार्यक्रमको फाइनल यही असोज २६ गते शुक्रवार हुनेछ । फाइनलमा विशिष्ट व्यक्तित्वहरू र विविध सांस्कृतिक कार्यक्रमका साथमा समापन गरिने आयोजक ले जनाएको छ ।
कार्यक्रमबाट उठेको रकमलाई अक्षयकोषमा राखी हरेक वर्ष आजीवन रूपमा ‘चौरासी व्यञ्जन अवार्ड तथा सम्मान’ र ‘चौरासी व्यञ्जन प्रतियोगिता’ आयोजकले जनाएको छ ।
यस्ता छन अवार्डका बिधाहरु
- Chaurasi Byanjan Award home stay of the year 2023 मा नेपालभरको कुनै पनि होमस्टेले भाग लिन पाउनेछन् ।
- Chaurasi Byanjan Award young chef of the year 2023 २ वर्ष देखि ४० वर्षे कोरले भाग लिन पाउने छन् ।
- Chaurasi Byanjan Award ४५ वर्ष सम्मको सेफहरूले भाग
Young excusive chef of the year 2023 फाइन्डाइनिङ टुरेन्ट रिसोर्ट र होटेलका लिन पाउने छन् । - Chaurasi Byanjan Hero chef of the year 2023 सत्कार पेसामा काम गरेको १० वर्ष पुगेका सेफहरूले भाग लिन पाउने छन् ।
- Chaurasi Byanjan Award bakery chef of the year 2023 रेस्टुरेन्ट, रिसोर्ट र होटेलका बेकरी सेफहरूले भाग लिन पाउने छन् ।
- Chaurasi Byanjan Award chef instructor of the year 2023 BHM तथा DHM का सेफहरूले भाग लिन पाउने छन् ।
- Chaurasi Byanjan Award female chef of the year 2023 रेस्टुरेन्ट, रिसोर्ट र होटेलका महिला तथा क्रेटि सेफहरूले भाग लिन पाउने छन् ।
- Chaurasi Byanjan Award BHM coordinator of the year 2023 BHM college का coordinator हरुले भाग लिन पाउने छन् ।
- Chaurasi Byanjan Awardbest plating chef of the year 2023 रेस्टुरेन्ट, रिसोर्ट र होटेलमा काम गरेका सेफहरूले कुनै पनि खानाको सजावट फोटो सहित भाग लिन पाउने छन् ।
- Chaurasi Byanjan Award best carving chef of the year 2023 रेस्टुरेन्ट, रिसोर्ट र होटेलमा काम गरेका सेफहरूले कुनै पनि Fruits or vegetable को कारभिङ फोटो सहित भाग लिन पाउने छन् ।
- Chaurasi Byanjan Award restraint of the year 2023 आफ्नो रेस्टुरेन्टको नेपाली मेनु, खानाको सजावट, रेस्टुरेन्टको सजावटको फोटो सहित भाग लिन पाउने छन् ।
- Chaurasi Byanjan Award hotel of the year 2023 यसको जिम्मा होटेल एसोसिएसन नेपाललाई दिइने छ ।
- Chaurasi Byanjan Award – BHM college of the year 2023 14. Chaurasi Byanjan Award – HM college of the year 2023 विश्वभर सत्कार पेसामा आबद्ध व्यक्तित्वहरूलाई विशेष “चौरासी व्यञ्जन सम्मान” गरिनेछ ।