सिमकोट, गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण हुम्लाका तीनवटा गाउँबस्ती नजिकमा ठूलो पहिरो गएको छ ।
हुम्लाको सार्केगाड गाउँपालिकाका ८ नम्बर वडाको रादेउ, २ को रिप गाउँ र ३ नम्बर वडाको नउनापानीमा ठूलो पहिरो जाँदा पुल–पुलेसा, खेतबारी, घर र सडकहरूमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले पहिरोको उच्च जोखिममा रहेका ती तीन गाउँका घरहरूका साथै अन्य गाउँपालिकाका घरहरू पनि पहिराको जोखिममा रहेको जानकारी दिएm ।
उनले भने। मानवीय क्षति नभए पनि ठूलै भौतिक क्षति भएको छ ।’ पहिरोले सिङ्गो गाउँ नै जोखिममा परेकोले स्थानीयहरू बासस्थान छोडेर अन्यत्र जानुपर्ने अवस्था सिर्जना भएको स्थानीय प्रकाश ऐडीले बताए ।
उनका अनुसार रादेउमा पुल–पुलेसा, घट्ट, काठेपुल र खेतबारी बगाएको हुँदा गाउँ नै जोखिममा परेको छ भने स्थानीय रामबहादुर रोकायाको घरमा पहिरोले क्षति पुया¥एको छ ।
२ सय ३० घरधुरी रहेको रिप गाउँ र गाउँ वरपरका खेतबारीमा पहिरो जाँदा त्यहाँका स्थानीय गाउँलेहरू त्रसित अवस्थामा छन् ।
वरिपरिका खोलानालाहरू बढेर गाउँ पसेका छन् भने भएका पुलहरू सबै बगेका छन् । जसले गर्दा त्यहाँका बासिन्दाहरू बाहिर निस्किन सेकेका छैनन् ।
उनापानीमा भने तातोपानी लघुविद्युत् आयोजनाको पावर हाउसमै पहिरोले क्षति पु¥याएको छ । त्यस गाउँमा रहेका तातोपानीका कुण्डहरू सबै पुरिएका छन् ।
खानेपानीका मुहान पुरिनुका र २५/२६ हेक्टरमा लगाइएको धान, मकैलगायतको बालीसहित खेत पहिरोले बगाएको स्थानीय एमबी थापाले जानकारी दिनुभयो ।
हुम्लामा अधिकांश गाउँमा पहिरो जाने सम्भावना भएपछि स्थानीय बासस्थान छोडेर अन्यत्र आश्रय लिन पुगेका छन् ।
वर्षा लागेसँगै पहिरो झर्न थालेकोले गाउँमाथिको डाँडामा पहिरो गएको र राहदेव, रिप, उनपानी, रोडिकोेलगायतका बस्ती जोखिममा परेको रोडिकोट गाउँका राजेन्द्र कार्कीले बताए ।
उनले पहिरो झर्न थालेपछि स्थानीयलाई कसरी ज्यान जोगाउने चिन्ता बढेको बताए । निरन्तरको वर्षा र पहिरोको त्रासले उद्धार टोलीका लागिसमेत सर्केगाड पुग्न हम्मेहम्मे परेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलसहितको टोलीले शनिवार फिस्टेल एअरको हेलिकोप्टरबाट घटनास्थलको अनुगमन गरेका थिए ।
आज कर्णाली प्रदेशका मुख्यमन्त्रीसहितको टोली घटनास्थलमा जाने बताइएको छ । जिल्लाबाट तीनै तहका सुरक्षा टोली परिचालित भएका छन् ।
प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वमा ३० जनाको प्रहरी, लेफ्टिनेन्ट पवन पन्तको नेतृत्वमा २५ जना सेना र १५ जना सशस्त्र प्रहरी गरी ७० जनाको सुरक्षा टोली पनि बिहानै सिमकोटबाट पहिरोको अनुगमन र पीडितहरूको उद्धारमा खटिएका हुन् ।
स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्न नेपाली सेनाको हेलिकोप्टर तयारी अवस्थामा रहेको बताइए पनि सार्ने कि नसार्ने भन्ने निर्णय भने आइतबार निरीक्षण पनि मात्र लिइने बताइएको छ ।