निजी जग्गामा जबरजस्ती वृक्षारोपण नगर्न धरानका मेयरलाई उच्च अदालतको आदेश


धरान , उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई व्यक्तिको निजी जग्गामा जबरजस्ती वृक्षारोपण नगर्न अन्तरिम आदेश दिएको छ ।

धरान १ का पूर्ववडाअध्यक्ष रोशन अधिकारीकी श्रीमती रोजिना अधिकारीले आफ्नो निजी जग्गामा मेयर साम्पाङ नेतृत्वको टोलीले जबरजस्ती वृक्षारोपण गरेको भन्दै अदालतमा रिट हालेकी थिइन् ।

अधिकारीको जग्गामा वृक्षारोपण नगर्न धरान उपमहानगरपालिका र मेयर साम्पाङलाई उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको हो ।

रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिएको हो ।


प्रकाशित मिति : २०८० श्रावण १२, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार