घट्यो सुनको भाउ, सस्तियो चाँदी पनि


काठमाण्डौ, साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको छ।

हिजो सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइड गोल्ड १ लाख १३ हजार ५०० रुपैयाँ र १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँमा किनबेच भएको थियो।


प्रकाशित मिति : २०८० श्रावण १२, शुक्रबार गते

धेरै पढिएको

ताजा समाचार