केही ठाउँमा रातभर मुसलधारे वर्षा, बाढीको चेतावनी, यस्तो रहनेछ आजको मौसम


काठमाडौं, देशका केही ठाउँमा रातभर मुसलधारे वर्षा भएको छ । मनसुन देशैभर एकसाथ सक्रिय नभएपनि खण्ड खण्ड रुपमा विभिन्न ठाउँमा मुसलधारे वर्षा भएको हो ।

पूर्वदेखि पश्चिमसम्मकै विभिन्न ठाउँमा खण्डवृष्टि भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सबैभन्दा धेरै इलामको बारफल्याङमा तीन घण्टामै ८२ मिलिमिटर वर्षा भएको छ ।

वरपरका खोला तथा नदीमा ठूलो बाढी आउन सक्ने भन्दै बाढी सूचना केन्द्रले चेतावनी जारी गरेको छ । यस्तै झापा, सुनसरी, दोलखा,पाल्पा, दाङ्, अछाम र डडेल्धुरामा पनि पछिल्लो ३ घण्टामा ठूलो पानी परेको विभागले जनाएको छ ।

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


प्रकाशित मिति : २०८० श्रावण ८, सोमबार गते

धेरै पढिएको

ताजा समाचार