घट्यो सुन र चाँदीको भाउ, फाइन गोल्ड १ लाख १२ हजार ३०० रुपैयाँमा कारोवार


काठमाण्डौ, साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १२ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित मिति : २०८० श्रावण ७, आईतवार गते

धेरै पढिएको

ताजा समाचार