काठमाडौ, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ।
साथै गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको छ ।
आज गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेकोले बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।