काठमाडौ, लुभेनमा सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) बेल्जियमको नवौं राष्ट्रिय अधिवेशनले सिता सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्ष बाहेक सबै कार्यसमिति निर्विरोध चयन भएको थियो । अध्यक्ष पदमा सापकोटाले एक हजार ११२ मत ल्याएर बिजयी बन्दा पराजित तीर्थराज धमलाले ९४८ मत प्राप्त गरे ।
कार्यसमितिमा महत्वपूर्ण पदसहित १६ जना महिला निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा लोकेन्द्र नेपाल (पुष्प), काशी दनैं, आदिबासी जनजाति उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई, महिला उपाध्यक्षमा सावित्री गिरी, युवा उपाध्यक्षमा रिवु श्रेष्ठ (बस्नेत), महासचिवमा रुविना शर्मा, उपमहासचिवमा राजेन्द्रबहादुर कार्की, सचिवत्रयमा रमेश दाहाल, संजयदेव श्रेष्ठ र इश्वरा शर्मा, महिला सचिवमा जमुना शर्मा आचार्य, कोषाध्यक्षमा अजित तुलाचन र सहकोषाध्यक्षमा राजु श्रीवास्तव निर्विाचित भएका छन् ।
यस्तै महिला संयोजकमा सारदा धिताल, महिला उपसंयोजकमा सरु श्रेष्ठ गुरुङ, युवा संयोजकमा सुदीप चौधरी, एन्तवेरपेन संयोजक चित्र गुरुङ, लुभेन संयोजकमा सुरज खरेल, गेन्ट सयोजक गंगा गुरुङ, ब्रुज संयोजक देवी कुमारी शर्मा, निर्विरोध निर्वाचित भए ।
सदस्यहरुमा अशोका केसी, सिता दाहाल, सूर्यप्रसाद सापकोटा, रोशन गौतम, दीपिका केसी, विनोद शाही, निता सुब्बा, रश्मी निरौला, जानु नेपाल, बिक्की मल्ल, सरोज आचार्य र रमेश सापकोटा निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै आईसीसी सदस्यत्रयमा भीम सुबेदी, मदन दवाडी र हरी भट्टराई चयन भए ।
नवनिर्वाचित समितिलाई बेनेलक्स र यूरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारी, निवर्तमान अध्यक्ष खडकबहादुर केसी र निर्वाचन समिति सयोजक गंगाधर गौतमले प्रमाणपत्र वितरण गरेका थिए ।