जनकपुर, जनकपुर–जयनगर ब्रोडगेज रेल सेवा आजदेखि महोत्तरीको भंगहासम्म सञ्चालन हुने भएको छ ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा सञ्चालन हुन लागेको हो ।
थप १७ किलोमिटर रेल सेवाको उद्घाटन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला आज महोत्तरी जाँदै छन् ।
उनले आज आज बिहान साढे १० बजे महोत्तरीको भंगहा स्टेशनमा थप १७ किलोमिटर रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम छ ।
यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा सञ्चालन हुँदै आएको थियो ।
थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटर यात्रा विस्तार हुनेछ ।