कोशी, वागमती र गण्डकीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना


काठमाडौ, आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा भने मेघ–गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

राति मधेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघ–गर्जन र चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।

अहिले कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

हाल देशमा मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय सरदर स्थान को आसपास अवस्थित रहेको छ ।

वर्षा र हावाहुरीबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने महाशाखाको आकलन छ ।

हावाहुरी, भारी वर्षा, मेघ गर्जन र चट्याङ, गेग्रान बहाव, बाढीपहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

आज बिहान मधेश प्रदेशबाहेक अन्य सबै प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।


प्रकाशित मिति : २०८० असार ३१, आईतवार गते

धेरै पढिएको

ताजा समाचार