काठमाडौ, सहकारी पीडितहरुले भोलि काठमाडौंको माइतीघर मण्डलामा ५० हजार पीडितले प्रदर्शन गर्ने भएका छन् ।
डा.जयकान्त रावतको संयोजकत्वमा गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनले हाल देखिएको सहकारी समस्याको समाधान नहुने भन्दै उक्त प्रतिवेदन खारेजीको माग गरेको छ ।
सहकारी पीडित बचतकर्ता संघर्ष समिति महासंघले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा रावतले आयोगले बुझाएको प्रतिवेदन सहकारी पीडितहरुले बचत रकम फिर्ता पाउनगरेको आन्दोलन विपरीत रहेको उल्लेख छ ।
आफ्नो माग पूरा नभएपछि उनीहरुले भोलि काठमाडौंको माइतीघर मण्डलामा ५० हजार पीडितको प्रदर्शनको तयारी गरेका हुन् ।
महासंघ माइतीघर मण्डलामा बसेर एक महिनादेखि २४ घण्टे आन्दोलनमा हुँदाहुँदै उनीहरूसँग कुनै समन्वय, सहकार्य र छलफल नगरी एकलौटी ढंगबाट सरकारलाई प्रतिवेदन बुझाइएको उनीहरुको आरोप छ ।
उक्त प्रतिवेदनको आधारमा सहकारी सदस्यहरूले आफूले जम्मा गरेको रकम फिर्ता पाउने कानूनी अवस्था नदेखिएको समिति संयोजक हरिशचन्द्र श्रेष्ठले बताए ।
ओरेन्टियल, कान्तिपुर, देउराली, खुशी, इमेज, शिवशिखर बहुउद्देश्यीय, सुमोलगायत पाँच दर्जनभन्दा बढी सहकारी पीडितहरू चार हप्तादेखि माइतीघर मण्डलामा आन्दोलन गरिरहेका छन् ।