इक्यानको अध्यक्षमा शेषराज भट्टराई विजयी


काठमाडौ, नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा शेषराज भट्टराई निर्वाचित भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमार्फ भट्टराई निर्वाचित भएका हुन् । उनी २३८ मत ल्याएर निर्वाचित भएका हुन् ।

यसैगरी उपाध्यक्षमा एन्ड्रियु पौडेल (लक्ष्मण), भुवनबहादुर क्षेत्री र गीता शिवाकोटी (गीताञ्जली) निर्वाचित भएका छन् । उनीहरूले क्रमशः २२८, १७२ र १५२ मत प्राप्त गरेका छन् ।

यसैगरी, महासचिवमा दीपकराज भूसाल दोहोरिएका छन् । २५५ मत प्राप्त गरेर विजयी भएका भुसाल यसअघिको कार्यकालमा पनि महासचिव थिए ।

यस्तै, सचिवमा भवनाथ हुमागाईं र रत्नबहादुर भट्टराई निर्वाचित भएका छन् । उनीहरूले क्रमशः २६० र १६८ मत प्राप्त गरेका छन् ।

यसैगरी कोषाध्यक्षमा आशिक कार्की २०८ मतले निर्वाचित भएका छन् भने, सहकोषाध्यक्षमा विकल्प पोखरेलले २१६ मत ल्याएर निर्वाचित भएका छन् ।

कार्यकारी सदस्यमा १९ जनाले उम्मेदवारी दिएकोमा नौजना निर्वाचित भएका छन् ।


प्रकाशित मिति : २०८० असार ३०, शनिबार गते

धेरै पढिएको

ताजा समाचार