प्रधानमन्त्री दाहाल पत्नी सीता दाहालको निधन


काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।

नर्भिक अस्पतालका प्रोफेसर डा.युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गरेका छन् ।

उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको ६९ वर्षको उमेरमा निधन भएको हो ।


प्रकाशित मिति : २०८० असार २७, बुधबार गते

धेरै पढिएको

ताजा समाचार