पाँच प्रदेशमा आज भारी वर्षाको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह


काठमाडौ, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।

अहिले कोशी तथा मधेश प्रदेशां सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

कोशी तथा मधेश प्रदेशका ‍थोरै र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघ/गर्जन तथा चट्याङ्सहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली नै रहनेछ। सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी तथा गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङ्सहित भारी वर्षाकोसमेत सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ ।

हावा हुरी भारी वर्षा, मेघ गर्जन तथा चट्याङ्, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुनसमेत मौसमविदको आग्रह रहेको छ ।

 


प्रकाशित मिति : २०८० असार २७, बुधबार गते

धेरै पढिएको

ताजा समाचार