मनाङ एयर हेलिकोप्टर दुर्घटनामा ६ जनाकै मृत्यु भएको पुष्टि


काठमाडौ, मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आज बिहान १० बजे सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लाम्जुरापास क्षेत्रमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा हेलिकोप्टरमा सवार ६ जनाकै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

उनका अनुसार पाइलट चेतबहादुर गुरुङले उडाएका थिए । यात्रु पाँचैजना मेक्सिकन नागरिक हुन् ।

‘६ जनाकै शव फेला परेको छ । एक जनाको शव टुक्राटुक्रा भेटिएको छ । शवहरू जलेको अवस्थामा रहेको खबर आएको छ ।

हेलिकोप्टर रुखमा ठोक्किएर दुर्घटनामा परेको देखिन्छ,’ डिआइजी बास्तोलाले भने ।

बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकोप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो ।


प्रकाशित मिति : २०८० असार २६, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार