काठमाडौ, मनाङ एयरको हेलिकोप्टर रुखमा ठोकिएर दुर्घटना भएको अवस्थामा भेटिएको छ।
सोलुखुम्बुको लिखु पिके गाउँपालिका ५ र दूधकुन्ड नगरपालिका २ को सिमाना लामाजुरा डाँडास्थित एउटा रुखमा ठोकिएर उक्त हेलिकोप्टर दुर्घटनाग्रस्त भेटिएको कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले बताए।
बाँस्तोलाका अनुसार अहिले घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतको कमान्डमा उद्धार टोली खटिएको छ।
असई बस्नेतले हेलिकोप्टर रुखमा ठोकिएर लिखु पिके गाउँपालिका-५ तर्फ झरेको बताइएको छ।
अहिले बस्नेत नेतृत्वको टोलीले घटनास्थललबाट पाँचवटा शव निकालेको छ। तर, ती कसैको पनि शवको पहिचान हुन सकेको छैन। एकजनाको शव अझै भेटिएको छैन।
उक्त हेलिकोप्टर सोलुखुम्बुको सुर्केबाट बिहान १० बजेर १२ मिनेटमा काठमाडौंको लागि उडेको थियो।
तर, लिखुपिके र दूधकुण्डको सिमाना लामाजुरामा पुगेपछि सम्पर्कविहीन भएको थियो।
हेलिकोप्टरमा सवार मेक्सिकन नागरिकहरू
१, सीफुन्ट जी फर्नाडो
२, रिनकोन स्मार
३, सीफुन्ट मारिया
४, गुन्जालेज ओलाक्लो
५, जोन्जालेक्स एब्रिक