उडेको ६ मिनेटमै सम्पर्कविहीन भएको थियो मनाङ एयरको हेलिकप्टर, पाँचैजना यात्रु मेक्सिकन नागरिक


काठमाडौं, सोलुखुम्बुमा दुर्घटना भएको मनाङ एअरको हेलिकप्टरमा सवार पाँचै जना यात्रु विदेश नागरिक भएको खुलेको छ ।

हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएका मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले बताए ।

मङ्गलवार बिहान सवा १० बजे सोलुखुम्बु सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

९ एनएरएमभी कलसाइन भएको हेलिकप्टरमा पाइलट सहित ६ जना यात्रु रहेको थिए । यसमा पाइलट मात्र नेपाली हुन ।

हेलिकोप्टर सोलुखुम्बुको दूधकुण्ड नगरपालिका-२ लामाजुरा पासमा दुर्घटना भएको खबर प्रहरीलाई दिएका छन्।

लुक्लाबाट काठमाडौंका लागि उडेको यो हेलिकोप्टर दूधकुण्ड नगरपालिका २ लामाजुरा पासमा दुर्घटना भएको खबर आएपछि अहिले प्रहरीको टोली त्यसतर्फ लागेको छ।

कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाका अनुसार स्थानीयको सूचनापछि बेनी प्रहरी चौकीबाट असईको नेतृत्वमा टोली त्यसतर्फ गइसकेको छ।

 


प्रकाशित मिति : २०८० असार २६, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार