फेकनमा महासचिव निरौलाले फेकनको नयाँ नेतृत्वका लागि गरे १६ सदस्यीय उम्मेदवारी घोषणा


काठमाडौँ, परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका महासचिव राजु निरौलाको समूहले उम्मेदवारी घोषणा गरेका छन्।

निरौलाको नेतृत्वमा उपाध्यक्षमा दीपक सिलवाल, अमितबाबु ढुंगाना र उमेश कुसवार, महासचिबमा छबिन्द्र ओझा, सचिबमा पृथ्बीबहादुर चन्द र इन्द्रजीत गौतम रहेका छन् ।

यस्तै कोषाध्यक्षमा दीपेन्द्र पोखरेल र सहकोषाध्यक्षमा गौतम पुडासैनी रहेका छन् । सदस्यहरुमा क्रमश सजय बस्नेत, रोसन खरेल, खगेन्द्र श्रेस्ठ,मञ्जु लामिछाने, एलीजा उप्रेती, मुकेश हमाल , राजकुमार ढकाल रहेका छन् ।

अध्यक्षका उम्मेदवार निरौलाले यस अघि नै आफनो उम्मेद्धारी घोषण गरिसकेका थिए । निरौलाले घोषण गरेको प्यानलमा ब्याबसायिक र अनुभबि सकूह रहेको छ ।

उम्मेदवारी घोषणा गर्दै निरौलाले आप्नो टिमले फेकन भित्र विभिन्न भूमिकामा रहेर काम गरेको र संस्थाले दिएको सबै जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेको हुँदा संस्थाको गरिमा र उचाइ अझै बढाउन आफ्नो समूहको उम्मेदवारी घोषणा भएको बताए ।

निरौलाले आफू र आप्नो टिम नेतृत्वका लागि उपयुक्त पात्र भएको दावी गर्दै संस्थाको उचाइ बढाउन र अझै सुदृढ फेकन बनाउन लागि पर्ने बताए ।

आगामी असार २३ गते सम्पन्न हुने १२ औँ वार्षिक साधारणसभा मार्फत आगामी २ वर्षे कार्यकालका लागि फेकनले नयाँ कार्यसमिति चयन गर्नेछ।


प्रकाशित मिति : २०८० असार १९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार