फेकनको उचाइ बढाउन र अझै सुदृढ बनाउन निरौलाले गरे अध्यक्षमा उम्मेदवारी घोषणा


काठमाडौँ, परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ नेतृत्वका लागि वर्तमान कार्यसमितिका महासचिव राजु निरौलाले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै निरौलाले आफूले फेकन भित्र विभिन्न भूमिकामा रहेर काम गरेको र संस्थाले दिएको सबै जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेको हुँदा संस्थाको गरिमा र उचाइ अझै बढाउन आफ्नो उम्मेदवारी घोषणा भएको बताए ।

निरौलाले आफू अध्यक्ष पदका लागि उपयुक्त पात्र भएको दावी गरेका छन् ।

सायद २ जना मानिसहरू, अध्ययन गरिरहेका मानिसहरू, टेलिभिजन, समाचारकक्ष  र पाठ को फोटो हुनसक्छ

महासचिवका रूपमा यो कार्यकाल खेलेको भूमिका सबै व्यवसायी साथीहरूले नजिकबाट नियालेकाले यो पटक सहमतिमा आफूूलाई नेतृत्व दिनेमा निरौला आशाबादी देखिएका छन् ।

आफनो नेतृत्वमा नेतृत्वमा नयाँ कार्यसमिति बनाउन साथीहरू सहमत हुनेमा उनी बिश्वस्त छन् ।

यदी आफनो नेतृत्वमा कोही असन्तुुष्ट भएमा लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व छान्ने विकल्पका लागि पनि उनी खुला भएको बताए ।

आफू अध्यक्ष बनेर आए संस्थाको उचाइ बढाउने र अझै सुदृढ फेकन बनाउने निरौलाको दाबी छ।

टाउनहल एजुकेसनका सञ्चालक रहेका निरौला विगत १७ वर्ष देखि परामर्श व्यवसायमा आबद्ध छन्।

फोटो विवरण उपलब्ध छैन।

फेकनको सचिव र महासचिव भएर काम गरिसकेको अनुभव निरौलासँग छ। आफूले परामर्श व्यवसायसँग सम्बन्धित विभिन्न संस्थाहरू तथा नियोगहरूमा राम्रो सम्बन्ध बनाएको हुँदा परामर्श व्यवसायीहरूका विविध समस्या समाधानको ज्ञान र क्षमता आफूसँग भएको उनी बताउँछन्।

निरौलाले केही दिनमै आफ्ना कार्ययोजनाहरु सार्वजनिक गर्ने तयारी गरेका छन् ।

फोटो विवरण उपलब्ध छैन।

आगामी असार २३ गते सम्पन्न हुने १२ औँ वार्षिक साधारणसभा मार्फत आगामी २ वर्षे कार्यकालका लागि फेकनले नयाँ कार्यसमिति चयन गर्नेछ।


प्रकाशित मिति : २०८० असार १९, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार