काठमाडौ, देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार पनि देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी र गण्डकी तथा राति कोशी, गण्डकीका साथै मधेश, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मेघरगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको हो ।
हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज मधेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । महाशाखाले भारी वर्षा, मेघगर्जन र चट्याङ, गेग्रान बहाव, बाढीपहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ ।