पर्यटन प्रवर्द्धन गर्न धादिङको खनियाबासमा होमस्टे व्यवस्थापन तथा कुक तालिम


धादिङ, धादिङको खनियाबास गाउँपालिकाले गणेश हिमाल पर्यटन विकास समितिको सहकार्यमा ३ दिने होमस्टे व्यवस्थापन तथा कुक तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

No description available.

गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्येश्यले बैकल्पिक आयआर्जनमा सहयोग पुग्ने अपेक्षा सहित तालिम सञ्चालन गरेको हो ।

No description available.

स्थानीय परम्परागत खेतिबालीलाई प्रोत्साहन गर्दै अर्गानिक रुपमा होमस्टे सँचालन गरी आर्यआर्जनमा टेवा पुग्ने र होमस्टेका माध्यामबाट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित अपेक्षा गरिएको छ ।

No description available.

तालिमले स्थानीयलाई स्वरोजगार बन्न निकै योगदान पुग्ने पालिका अध्यक्ष रणबहादुर तामाङले बताए ।

पर्यटन प्रवर्द्धनसंगै मानव स्वास्थ्यलाई स्वस्थ तथा हराभरा बनाई राख्न प्रकृतिको लयलाई पकड्न आवश्यक रहेको तालिममा जोड दिइएको थियो ।

No description available.

No description available.

रसायनिक मिसावटमुक्त तथा हाईजेनिक खानपिनबाट मानव स्वास्थ्यलाई स्वस्थ राख्न होमस्टेले ठूलो मद्दत पुग्ने गणेश हिमाल पर्यटन विकास समितिका कार्यबाहक अध्यक्ष टेक खकुरालले बताए ।


प्रकाशित मिति : २०८० असार १८, सोमबार गते

धेरै पढिएको

ताजा समाचार