तस्बिरमा यसरी मनाइयो धान दिवस


काठमाडौँ, धान दिवस मनाइएको छ । २०६१ साल मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

HP-Lalitpur-DhanRopaia.jpg

HP-Lalitpur-DhanRopaib.jpg

PURNABK_Tanahun_RSS_15.jpg

SanadAdhikari_Narayangadh_RSS_15_ex-pmBaburam.jpg

KrishnaDawadi_Kaski_RSS_15_.JPG

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइएको हो ।

तर, देशले धान नै आयात गर्ने भएकाले यो दिवसको औचित्यमाथि पनि प्रश्न उठ्दै आएको छ ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।

IMG_20230630_092758.jpg

IMG_9240.jpg

SureshAcharya_Surkhetf_RSS_15_IMG_9218.jpg

ManojDahal_Morang_RSS_15_d-15c.jpg

‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् ।

DG-Annapurna-IMG_4156.jpg

AJ-Godawari-IMG-20230630-WA0021.jpg

MT-GODWARI(KAILALI).jpg

NA-CHITWAN2.jpg

BK-Lumbini.jpg

NA_CHITAWAN_KPOLI.jpg

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

BT_MALANGGAWA_IMG_4599.jpg

KA_BHARATPUR_IMG_0942.jpg

BK_KIMANTHANKA_.jpg

NG_SUNSARI_IMG_20230630_093916.jpg

KN_DANG_DSC_2494.jpg

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।

यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ ।

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘

भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ ।

यसरी असार १५ गते नेपाली समाजमा धान दिवस राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

 


प्रकाशित मिति : २०८० असार १६, शनिबार गते

धेरै पढिएको

ताजा समाचार