काठमाडौं, महालेखा नियन्त्रकको कार्यालयले आगामी असार २४ गतेदेखि सरकारी काम काजको सम्पूर्ण भुक्तानी रोक्न निर्देशन दिएको छ ।
२४ गतेभित्र चालू आर्थिक वर्षको भुक्तानी, हिसाबकिताब राफसाफ गर्न भन्दै महालेखा नियन्त्रणले सबै पालिका, प्रदेश सरकार र केन्द्र सरकारलाई निर्देशन जारी गरेको हो ।
महालेखा नियन्त्रण कार्यालयको चलानी नम्बर ३२३ को असार १० गतेको परिपत्र नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको भुक्तानी निकासा बन्द गर्ने र सालतमाम सम्बन्धमा विषयको पत्रको बुँदा नं.१ मा संघ प्रदेश र स्थानीय तहहरूको आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगावै साविकमा जस्तै निकासा भुक्तानी र प्रणालीसमेत बन्द हुने हुँदा सूचना संप्रेषण गरिएको महालेखा नियन्त्रणले जनाएको हो ।
महालेखा नियन्त्रकका अनुसार संघीय कार्यालयहरूको हकमा भने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) र (२) बमोजिम र प्रदेश तथा स्थानीय तहले सोही नियमको उपनियम (७) र (८)बमोजिम गर्न र आर्थिक वर्ष समाप्त हुने सात दिनअघि अर्थात् असार २४ गते राति १२ बजेदेखि नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक सम्पूर्ण निकासा भुक्तानी गर्नुपर्नेछ ।