वाग्नरका लडाकू राष्ट्रवादी छन्, नेतृत्व राष्ट्रघाती भयो : राष्ट्रपति पुटिन


एजेन्सी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर समूहको पछि हटेपछि सोमबार राति पहिलो पटक देशलाई सम्बोधन गरेका छन् ।

रुसी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले वाग्नर गुटको विद्रोह र यसमा भाग लिने नेताहरूको उल्लेख गरेका छन् ।

त्यसैगरी विद्रोहको प्रयासमा संलग्न नेताहरुलाई कानुनी कठघरामा ल्याउने कुरा पनि उनले उल्लेख गरेका छन् ।

वाग्नर समूहका लडाकुको प्रसंशा गरेका पुटिनले नाम नलिइकन नेताहरुको भने आलोचना गरेका छन् ।

उनले गत शनिबारको विद्रोहको लागि वाग्नर गुटका नेताहरूलाई दोष दिँदै वाग्नर समूहका नाइकेहरुले रूसलाई रक्तपातपूर्ण संघर्षमा डुबेको हेर्न चाहेको आरोप लगाए ।

पुटिनले यो विद्रोहका नेतृत्वकर्तालाई न्यायको कठघरामा ल्याउने वाचा पनि गरेका छन्।

यद्यपि पुटिनले सामान्य वाग्नर सैनिकहरूलाई देशभक्तको रूपमा वर्णन गर्दै उनीहरूलाई रूसी सेनामा भर्ती हुन, बेलारुस वा आफ्नो घर फर्कन अनुमति दिइने बताए।

पुटिनले भने, ‘हामीलाई थाहा छ कि वाग्नर समूहका अधिकांश लडाकु र कमाण्डरहरू पनि रुसी देशभक्त हुन्।

उनीहरु आफ्नो देशका जनता र राज्य प्रति वफादार छन्। उनिहरुले युद्धको मैदानमा आफ्नो साहसबाट यो प्रमाणित गरेका छन्।

युक्रेनका केही क्षेत्रलाई स्वतन्त्रता दिएका छन् । तर, यसको नेतृत्वमा रहनेहरुले देशको लागि घात गरिरहेका छन् ।’

पुटिनले थपे, ‘हामीले २४ घण्टाभन्दा कम समयमै विद्रोह अन्त्य गर्‍यौँ ।’

उनले राष्ट्रलाई एकजुट भएर बसेकोमा मात्र नभई पछि हटेको र रक्तपात नगरेकोमा वाग्नर समूहलाई पनि धन्यवाद दिए।

 


प्रकाशित मिति : २०८० असार १२, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार