लगातार तेस्रो दिन पनि बढ्यो सुन/चाँदीको भाउ


काठमाण्डौ, नेपाली बजारमा मंगलबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो।

योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले नै बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ४०० रुपैयाँ तेजाबी गोल्ड १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित मिति : २०८० असार १२, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार