झापाको शिवसताक्षीमा ट्रकले कारलाई ठक्कर दिँदा बाबु-छोरीको मृत्यु, पाँचजना घाइते


झापा, झापाको शिवसताक्षी नगरपालिकामा ट्रकले कारलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र–१–०२–००१ क ३८७९ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आएको प्र–१–०१–००च ७४८२ नम्बरको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङको उर्लाबारीका ४० वर्षीय गुरुचरण चौधरी र १८ वर्षीया कुमकुम चौधरी रहेका बिएण्डसी अस्पतालका सूचना अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

मृतक दुईजना बाबुछोरी हुन् । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा पाँचजना घाइते छन् ।

घाइते हुनेमा मृतक चौधरीका छोरा १० वर्षीय विकेश चौधरी, ४० वर्षीया सुजिता चौधरी, ३६ वर्षीया रन्जु चौधरी, १९ वर्षीय रिकेश न्यौपाने र ४० वर्षीया मुना शाह रहेका छन् ।

उनीहरूको बिएन्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।


प्रकाशित मिति : २०८० असार १२, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार