कोशी र बागमतीमा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना


काठमाडौ, मंगलबार पनि देशका केही स्थानमा भारी वर्षा र तराईमा हावाहुरीका हावाहुरीको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशको एक/दुई स्थानमा भारी वर्षा तथा कोशी र मधेशको धेरै स्थानमा हावाहुरीको सम्भावना रहेको हो ।

यस्तै, बागमती र गण्डकी प्रदेशको तराईका थोरै स्थानमा पनि हावाहुरीको सम्भावना छ । यस्तै, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघरगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जनाएको छ ।

मंगलबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली नै रहनेछ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघरगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मधेश प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा राति हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ ।


प्रकाशित मिति : २०८० असार १२, मंगलवार गते

धेरै पढिएको

ताजा समाचार